बैदेशिक रोजगारी नेपालीको बाध्यता । सुन्दर भबिश्यको कल्पना गर्दै आफ्नो जन्मभुमी छोडेर बिदेशिन्छन दैनिक हजारौं युबा युबती । यहि सन्दर्भमा पहिले देखि नै लाइभ दोहोरीमा अत्याधिक रुचाइएको, ब्रिटिश सरकारको गुर्खा regiment मा भर्ती भएका दुई युवाको कथा बोकेको मर्मस्पर्शी सांगीतिक कोशेली युके लण्डनको को official भिडिओ Shital Gurung Official YouTube Channel बाट रिलिज भएको छ। शिताराम परियारको शब्द, शितल गुरुङ्गको संगीत, बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतमा निशा गुरुङ्ग र शितल गुरुङ्गले आवाज भर्नु भएको छ भने खड्क बाजुरालीले मिक्सिङ्ग गर्नु भएको हो ।
युके आर्मीमा भर्ति भएपछि आफ्नो मायालु संग टाढा हुनु पर्दाको पिडा यस गीतको भिडियोमा देखाइएको छ। दिप फिल्म्स प्रडक्सनले दृश्य निर्माण गरेको यस गीतमा बिजय पुन, लक्ष्मी गुरुङ्ग, बबिन सिङ ठकुरी र अन्जु गुरुङ्गको अभिनय रहेको छ। राजेश घिमिरेको छायाँकन, विष्णुहरि तिमल्सिनाको सम्पादन/रङ्ग संयोजन र पोस्टर डिजाइन रहेको यस गीतलाई दिप गुरुङ्गले निर्देशन गरेका हुन् ।
अहिलेका ब्यस्त अनि सफल निर्देशक दिप गुरुङ्गको निर्देशनमा बनेका पछिल्लो गीतहरु माइली र मुग्लिन पुल तरी दर्शकहरुले अत्यन्त रुचाएका थिए । यस गीतलाई पनि टिकटकमा अत्यधिक रुचाइएकोले गीतले धेरै views पाउने कुरमा निर्माण टोलि आशावादी देखिन्छ। रिलिज लगत्तै Youtube मा थुप्रै सकारात्मक प्रतिकृया बटुलिसकेको लोक गीत “युके लण्डनको” तपाइलाई कस्तो लाग्यो हेरर प्रतिक्रिया दिनुहोला।

















