Home गीत/संगीत प्रकाश सपुतको गीत हरेक पटक Trending पर्नुको ३ कारण

प्रकाश सपुतको गीत हरेक पटक Trending पर्नुको ३ कारण

968
0

नेपाली गीत संगीत क्षेत्रमा सफलताको मापन गर्ने नयाँ मानक बनेको छ YouTube Trending। च्यानलमा भिडियो upload गरेपछि छोटो समयमा धेरै भन्दा धेरै Views, Like, Share, Comment (Enagement) हुने भिडियो लाई YouTube को Algorithm ले Trending मा राखिदिन्छ। यसै सन्दर्भमा गायक प्रकाश सपुतको पछिल्लो म्युजिक भिडियो सकम्बरी रिलिज भएको २४ घण्टा नबित्दै १० लाख भ्युज सहित Nepal को Trending No 1 मा पुग्न सफल भएको छ । नेपाली गीत संगीतको बजारमा हरेक बर्ष हजारौं म्युजिक भिडियोहरु बन्ने गर्दछ र आफ्नो गीत Trending मा परोस् भन्ने सबै सर्जक, भिडियो निर्माताहरुको सपना हुने गर्दछ । Facebook Ad र Google Ad मा हजारौँ खर्च गर्दा पनि लाखौँ लगानी गरेर निर्माण भएका सबै भिडियोले Trending को स्वाद भने चाख्न पाएका हुँदैनन। गायक प्रकाश सपुतका भिडियोहरु भने Trending मा पर्नु त्यति नौलो बिषय हैन । उनका गीतहरु लगातार Trending मा पर्नु र Superhit हुनुका कारणहरु यस प्रकार रहेका छन् ।

JAALE RUMALL FATYO

१. बिषय बस्तु

शब्द सँग खेल्न खप्पिस प्रकाश सपुतका हरेक गीतमा बिषयबस्तु अर्थपूर्ण र सान्दर्भिक हुन्छन। समाजमा घटेका यथार्थ घटनालाई शब्दले ब्याख्या गर्छन र मिठो लय/संगीत दिएर जीवन्त बनाई दिन्छन। दु:खी गरिब, असहाय, दलित, पिछडिएका बर्गको आवाज बोल्ने उनका गीतहरुमा हाम्रो समाजको वास्तविकता चित्रण गरिएको हुन्छ, जसले गर्दा सामान्य व्यक्तिले सजिलै उनका गीत संग relate गर्न सक्छन । चाहे बैदेशिक रोजगारीमा ज्यान गुमाउने युवकको बिधुवा श्रीमतीको बिलौना झल्काउने बोल माया होस् या फगत क्रान्तिको भ्रममा परि आफ्नो जीवन समर्पित गरेका लडाकुको कथा होस्।

Prakash Saput Song Pir

२. गीति भिडियो (Music Video)

प्रकाश सपूतले निर्माण गरेका प्राय सबै गीतहरुको दृश्यमा नेपाली समाजको यथार्थपरक चित्रण गरिएको देख्न सकिन्छ। गीतको शब्द र संगीतले मागेको दृश्य भिडियोमा उतार्न कुनै पनि Compromise नगर्ने प्रकाशका गीतहरु Musical Short Film जस्तो लाग्दछ, त्यसैले दर्शकलाई भिडियो हेरी रहँदा फिल्म हेरको जस्तो महसुस हुन्छ। राम्रो Content तयार पार्न उनले गरेको मेहेनत र त्यसको परिणाम तपाइले देखि हाल्नु भएको छ (सकम्बरी)

Prakash Saput

३. लगानी (Investment)

एउटा सर्जकको सामान्य गीत (अडियो/भिडियो) निर्माण गर्न कम्तिमा २ लाख भन्दा माथि खर्च लाग्ने गर्दछ । प्रकाश सपुतले भने आफ्नो गीत निर्माणको लागी आफ्नो खल्ती बाट पैसा खर्च गर्दैनन् बरु उल्टै उनको भिडियोमा लगानी गर्नका लागि थुप्रै ब्रान्ड र कम्पनीहरु लालायित देखिन्छन । तपाइले याद गर्नु भयो होला, उनका गीत बज्नु भन्दा अगाडी भिडियोमा थुप्रै बिज्ञापनहरु बज्ने गर्दछन, त्यसैगरि भिडियोको बीच बिचमा विभिन्न कम्पनीहरुको लोगो दर्शकले थाहा नपाउने गरि दृश्यमा कथा सँग मिलाएर राखिएको हुन्छ, यसलाई Product Placement भन्ने गरिन्छ। यसरी उनका गीतमा लाग्ने लाखौं रुपैयाँ कम्पनीहरुले उनलाई गीत निर्माण गर्नु भन्दा अगाडिनै दिई सकेका हुन्छन। त्यसकारण उनको गीतमा कथाले मागेको दृश्य निर्माण गर्न खर्चको चिन्ता खासै नहुने भिडियोको quality राम्रो हुने गर्दछ।