Home चलचित्र “दिमाग खराब” निर्देशन गर्दै निश्चल बस्नेत

“दिमाग खराब” निर्देशन गर्दै निश्चल बस्नेत

555
0

लूट र टलक जंग भर्सेश टुल्के पश्चात कुनै पनि फिल्म निर्देशन नगरेका निश्चलले अब भने फिल्म “दिमाग खराब” निर्देशन गर्ने भएका छन। उनले आफ्नो फेशबुक पेज मार्फत जानकारी दिंदै २०८० को कार्तिक २४ मा प्रदर्शन हुने गरि फिल्मको तयारी भएको बताएका हुन्छ। Social Drama मा आधारित यस फिल्मलाई आकाश बरालले लेखेका हुन् भने रौनक बिक्रम कंडेल ले निर्माण गर्ने छन्। तर अझै सम्म फिल्ममा कुनै पनि कलाकारहरु भने तय भएका छैनन्। निश्चलको निर्देशनमा बनेको फिल्म हेर्न नपाएर दिमाग खराब भै सकेका दर्शकको लागि यो खबरले केहि राहत मिल्नेछ ।

निर्देशक निश्चल बस्नेत,अभिनेता खगेन्द्र लामिछाने र लेखक यज्ञशको पनि  छिट्टै एउटा नयाँ चलचित्रमा सहकार्य गर्दै भन्ने हल्ला पनि बजारमा आएको थियो ।  तर त्यो कुरा कहाँ सम्म पुग्यो अहिले कुनै जानकारी आएको छैन। राम्रो कथा नभेटे कै कारण फिल्म बनाउन ढिलो गरेको हो अथवा दर्शकको अपेक्षा अनुसारको फिल्म बनाउन सकिन्न कि भन्ने डरले फिल्म बनाउन ढिलो गरेको हो यो कुराको जबाफ स्वयम निश्चल लाई नै थाहा होला। निर्देशकीय क्षमता भएको, लगानी कर्ता पनि सजिलै पाउन सकिने, Industry का एक से एक कलाकारहरु उनि संग काम गर्ने इच्छा हुँदा हुँदै पनि लगातार फिल्म नबनाऊदा चलचित्र क्षेत्रमा गतिलो Content को अभाव त हुने नै भयो त्यो सँगै उनको सिर्जनशीलतामा पनि ह्राश आउने कुरा चाहिँ सत्य हो।