Home गीत/संगीत गायक अनन्त अजयको दिल कसले लिएर गयो ? (भिडियो सहित )

गायक अनन्त अजयको दिल कसले लिएर गयो ? (भिडियो सहित )

738
0

ए दिल लिने हरु दिल दिएर त हेर ।। मुटु बिना जिन्दगी जिएर त हेर  

अनन्त अजयको शब्द रचना र आवाज सँगै हरि लम्सालले संगीत सिर्जना गर्नुभएको नयाँ गीत “ए दिल लिनेहरुको भिडियो YouTube मा सार्बजनिक भएको छ। प्रेम प्रस्ताव अस्विकार भए पछिको वियोग देखाउन खोजिएको यस म्युजिक भिडियोमा गायक अनन्त अजय ले मोडल शितल रिमाल सँग जोडी बाँधेका छन् । शितल र अनन्तको प्रेम कथा देखाइएको  यस भिडियोमा कसले कसको दिल  लिएर गयो भनेर बुज्नुलाई भिडियो पुरा हेर्नुपर्नेछ। छिमी तमाङ्गको शृंगार, बिष्णु हरि तिमल्सिना सम्पादन/रंग संयोजन र पिटर गुरुङको छायाँकन/निर्देशन रहेको यस गीत लाइ दर्शकहरु बाट राम्रो प्रतिक्रिया पाइरहेको छ। गीत “दिल लिने हरु” कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है त।