नेपाली चलचित्र उधोगमा पछिल्लो समय विभिन्न GENRE का फिल्महरु रिलिज भैरहेको छ। ब्यापारिक रुपमा हेर्दा कमेडी GENRE का फिल्म हरुले राम्रो कमाई गरेको बिगतमा प्रसस्तै उदाहारण हरु छन्। तर बिस्व सिनेमाको व्यापार हेर्ने हो भने, सबै भन्दा धेरै व्यापार गर्ने फिल्म हरुको लिस्ट मा Action Genre का फिल्म पर्ने गर्दछ। Avatar, Avengers End Game, Stars Wars, Dark KNIGHT Trilogy जस्ता फिल्महरु सबै Action Genre मा बनेका फिल्महरु हुन्। यसै सन्दर्बमा, मंगसिर २३ गते प्रदर्शन मिति तोकेर ट्रेलर सार्बजनिक गरेको चलचित्र Soul of the Commando मा पनि अन्तरास्ट्रिय स्तरको द्वन्द दृश्य छायांकन गरिएको निर्माण पक्ष ले जानाकरी दिएका छन्

Gold Medalist Rajkumar Rai को मुख्य भूमिका रहेको यस चलचित्रमा, उहाँ संगै कमला खापुङ लिम्बु, शेषुका राई, मिलन राई, रवि थापा, एन्जेल राई, सोनी हमग्मा राई, शिशिर बाङ्देल, नरेन खड्का, रुपेश झा, पुष्पा श्रेष्ठ, सीमा राई, संगिता लावती आदि कलाकार को पनि अभिनय रहेको छ। मिलन राई र विजय राई को कथा, सनम जबरा राणाको पटकथा र युवराज राई (वीर बहादुर) ले निर्देशन गर्नु भएको यस चलचित्र लाई मिलन राई, रवि थापा र धन बी लिम्बूले सामुहिक रुपमा निर्माण गरेका हुन्।

यस चलचित्र मा पर्दा पछाडी रहेर काम गर्ने प्राबिधिक टोलीको विवरण यस प्रकार रहेको छ।
▶छायांकनः दिर्घ गुरुङ
▶ संगीत: सन्तोष डुमी
▶ सम्पादन: नकुल खड्का
▶ पटकथा : सनम जबरा राणा
▶ कथा : मिलन राई
▶ कोरियोग्राफर: साइमन राजवंशी
▶ कार्य: एनबी महर्जन, कुमार महर्जन
▶ पृष्ठभूमि संगीत : शैलेन्द्र बाबु प्रधान
▶ मिक्सिङ: सागर अर्याल
▶ गीत : राजकुमार राई, चतुर्भक्त राई
▶ मुर्खता र प्रभाव: मछिन्द्रमणि कुलुङ राई
▶ रंग: जीवन थापा
▶ VFX: सत्यम राणा
▶ मेकअप : शोभा श्रेष्ठ, कमला खापुङ लिम्बु
▶ ट्रेलर सम्पादक: बन्दे प्रसाद
▶ संगीतकार: आनन्द राई
▶ गायक : राजेश पायल राई, बबिना किराती, शशिका राई
▶ निर्माण प्रबन्धक: बिमल धमला

कलाबजार नेपाल ले तयार परेको यो जानकारी मुलक लेख कस्तो लाग्यो, कृपया प्रतिक्रिया दिनुहोला, धन्यवाद ?


















