Home चलचित्र बिदेशी प्राबिधिकको काम चलचित्र हल्कारा ट्रेलर (भिडियो)

बिदेशी प्राबिधिकको काम चलचित्र हल्कारा ट्रेलर (भिडियो)

1611
0

अन्तरास्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरि केहि ठाउँहरुमा अवार्ड पनि जिती सकेको नेपाली चलचित्र हल्काराको ट्रेलर रिलिज भएको छ। महेश त्रिपाठी, बिनिता थापा मगर, उमेश तामाङ, पशुपति राई, सारदा गिरी, विष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको यस चलचित्रको सह-लेखकमा: विप्लव प्रतीक र आकाश बराल रहेका छन्, चिन्तन राजभण्डारीको छायाँकन, लियोनार्डो क्यान्डियनको रंग संयोजन, ब्रुनो भ्यालेन्टीको  Background Score रहेको छ भने लेखन, निर्देशन र सम्पादन विक्रम सापकोटाले गर्नु भएको छ। Film मा निर्माताहरु हुनुहुन्छ रामकृष्ण पोखरेल र विक्रम सापकोटा। स्वदेशी बजार भन्दा बिदेशी बजार लाई बढी प्राथमिकता दिंदै विभिन्न Film Festival हरुमा पुगी सकेको यस चलचित्रको ट्रेलरमा देखिएको आश लाग्दो बिषयहरु; 

१. कथा (Story)

ट्रेलरमा फिल्मको मुख्य बिषय खुलाइएको छैन। तैपनि समग्रमा हेर्दा नेपाली समाजले भोगेको बैदेशिक रोजगारीको नकारात्मक पक्षलाई देखाउन खोजिए जस्तो देखिन्छ। ट्रेलरको First Frame मा देखाइएको मृत शरीर राखिने बकास बाट यो कुरा प्रस्ट हुन्छ। सामाजिक परिवेश लाई चित्रण गर्ने यस चलचित्रले दर्शकलाई फरक स्वाद दिने विश्वास गर्न सकिन्छ।

२. अभिनय

सामाजिक परिबेशमा बुनिएको कथा लाई यथार्थपरक ढंगले प्रस्तुत गर्न जीवन्त अभिनय गर्न सक्ने कलाकारको जरुरत पर्दछ। जुन यस चलचित्रको ट्रेलरमा देखिन्छ । नाटकमा खारिएकी बिनिता थापामगर र महेश त्रिपाठी मुख्य भूमिका रहेको यस फिल्ममा कलाकारहरुको अभिनय Natural र Authentic लाग्दछ।

३. छायाँकन (Cinematogrpahy)

चलचित्रमा कथा भन्दा चाहिने मुख्य हतियार भनेकै क्यामारा हो। कुन फ्रेम कस्तो लेन्स प्रयोग गरेर कसरी खिच्ने भन्ने जिम्मेवारी Cinematographer को अधिकार भित्र पर्दछ। हल्कारा को ट्रेलरमा सुन्दर कलात्मक Shot हरु देख्न सक्नु हुनेछ।  

४. रङ्ग संयोजन 

Cinematography पछि यस चलचित्रमा बलियो पक्ष भनेको Color Grading लाई लिन सकिन्छ। यथार्थपरक बिषय बस्तु बोकेको कथा भएकोले Color Grading पनि Natural र Realistic गरिएको छ। यसले दृश्य लाई अझ गरुङ्गो बनाइदिएको छ, यसमा छुट्टै किसिमको Visual Feel गर्न सक्नुहुनेछ।

५. Background Score (पार्श्व संगीत)

नेपाली चलचित्रमा एकदमै कम priortity दिने र भने जस्तो प्रभाकारी काम हुन नसकेको ठाउँ भनेको Background Music मा नै हो । हरेक चलचित्रमा आफ्नो एउटा छुट्टै Musical Theme हुनु पर्दछ, सांगीतिक रुपमा कथा भनिनु पर्दछ। हल्काराको ट्रेलरमा सुनिएको संगीत original लाग्दछ, दर्शकलाई बिषय बस्तुसँग Connected भएको महसुस गराउँछ।   

अन्त्यमा, चलचित्र कलाको मध्यम मात्रै नभएर धेरै ठुलो धनराशि खर्च हुने व्यापार पनि भएकोले, तपाइले जतिसुकै उत्कृस्ट चलचित्र बनाए पनि त्यसको प्रदर्शन मितिको जानकारी भएन, चर्चा भएन भने दर्शकले कसरी थाहा पाउने ? त्यसैले Film Production सँगै Promotion & Publicity मा पनि अलि बढी ध्यान दिनु पर्दछ।  

https://youtu.be/wf1hbVYcjHs