Award Wining Wildlife Photographer टाशी आर. घलेको “पग्लँदै गरेको स्वर्ग” (Melting Paradise) नामक फोटो प्रदर्शनी सुरु भएको छ। काठमाडौँको झम्सिखेल स्थित Windhorse Gallery मा भइरहेको यस फोटो प्रदर्शनीमा मनाङ्ग जिल्ला वरपरका मनोरम दृश्यका साथै लोपोन्मुख जनबार हिँउ चितुवाको सुन्दर तस्बिरहरु हेर्न पाइन्छ ।
फोटोग्राफर घलेका अनुसार जलबायु परिबर्तन र यसको असर बारे जनस्तरमा बहस र चेतना अभिवृद्धि गराउन फोटो प्रदशनीको आयोजना गरिएको हो। केही समय अघि मात्रै अमेरिकी फोटोग्राफर किटिया (Kitiya Pawlowski) ले सगरमाथा आधार शिबिर क्षेत्रमा खिचेको भनिएको हिँउ चितुवाको तस्बिर सामाजिक संजालमा भाइरल भए पछि, कितियाले भन्दा धेरै वर्ष अघि देखि नै घलेले हिँउ चितुवाको फोटो खिच्दै आएको कुरा आम नेपाली जनता समक्ष उजागर भयो। यो समाचार तयार परिरहँदा किटियाले खिचेको तस्बिर भने फोटोसपको प्रयोग गरि Digitally कम्प्युटरमा बनाइएको नक्कली फोटो रहेको तथ्य बाहिर आएको छ। बन्यजन्तुको फोटो खिचेर विभिन्न अन्तरास्ट्रिय अवार्ड समेत पाइसकेका घले बिगत लामो समय देखि हिँउ चितुवाको अध्यन र संरक्षणको काम समेत गर्दै आउनु भएको छ।
हिँउ चितुवा स्वोभाबैले लजालु हुने र मानिसको नजिकै नपर्ने भए पनि घले ले भने ७ मिटरको दुरि बाट तस्बिर खिचेको बताएका छन्। १ महिना सम्म चल्ने यस फोटो प्रदर्शनी मार्फत नेपालका हिमाली क्षेत्र र त्यहाँ पाइने बन्यजन्तुमा जलवायु परिबर्तनको प्रतिकुल प्रभाव बारे आम मानिसमा जनचेतना बढाई सम्बन्धित निकाय मार्फत लोपोन्मुख हिँउ चितुवाको संरक्षणका लागि आवस्यक नीति तथा कार्यक्रम ल्याउन सरोकारवालाहरु लाई दबाव पर्नेछ भन्ने कुरामा घले आशाबादी देखिन्छन। बर्षौ देखि यहि क्षेत्रमा काम गरेका र बिभिन्न अन्तरास्ट्रिय संघसंस्था बाट समेत पुरस्कृत भैसकेका उनको काम बारे धेरै नेपालीहरु भने अझै पनि अनबिज्ञ छन् । Windhorse Gallery झम्सिखेलमा गई उहाँका बारे थप जानकारी लिन सक्नु हुनेछ।
