Home चलचित्र सलोनको बिहेमा अनमोल र सलिन जन्ती

सलोनको बिहेमा अनमोल र सलिन जन्ती

0

चलचित्र ‘नेपाली बाबु’ बाट बाल कलाकारको रूपमा कलिवूडमा डेब्यु गरेका अभिनेता सलोन बस्नेतले चार वर्ष लामो प्रेम सम्बन्ध पश्चात एयर होस्टेस करिश्मा केसीलाई बेहुलिको रुपमा घर भित्र्याउँदै गर्दा नेपाली रङ्ग पत्रकार र मनोरन्जन प्रेमी दर्शकहरुले पनि नयाँ नयाँ खुराक पाईरहेका छन्। सन् २०१४ मा ‘होस्टेल’बाट डेब्यू गरेका नायक अनमोल के सि र सन् २०१७ मा ‘ए मेरो हजुर २’ बाट कलिवूडमा चकलेटी हिरोको रुपमा उदाएका सलिनमान बानियाँको भेट फ्यानहरुको लागि अर्को खुराक बनेको छ यति बेला। चन्द्रागिरि हिल्स रिसोर्टमा भएको अभिनेता सलोन बस्नेतको विवाह समारोहमा दुई नायक आमने-सामने हुँदा एक अर्का संग हात मिलाउँदै अंकमाल गरेपछि फ्यानहरु हर्षित भएका छन् ।

२०७५ साल चैत्र २९ मा अनमोल अभिनीत ‘ए मेरो हजुर ३’ सँग सलिनमानको दोस्रो फिल्म ‘यात्रा’ भिँडे पछि मिडियाले उनीहरुलाई एकअर्काको प्रतिस्पर्धीको रुपमा ब्याख्या गर्दै आएको थियो । तर बिहेको माहोलमा उनिहरु बिच चलेको सम्वाद र हाउभाउले भने उनिहरुको ब्यक्तिगत सम्बन्ध राम्रो रहेको देखाएको छ। विवाहपूर्व तारकेश्वरस्थित गोलढुंगामा रहेको पातलेवन रिसोर्टमा भएको मेहेन्दी र संगीत कार्यक्रममा अभिनेता सलिनमान बनियाँको काँधमा चढेर सलोन नाचेको भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल छ ।

Exit mobile version