Home चलचित्र कसको प्रेममा शरण परे भस्मे डन (भिडियो)

कसको प्रेममा शरण परे भस्मे डन (भिडियो)

0

बहु प्रतिक्षित नेपाली चलचित्र पशुपति प्रसाद २ (भस्मे डन) को “प्रेम शरणम” बोलको गीत रिलिज भएको छ। गीतमा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता बिपिन कार्कीको रमाइलो नृत्य रहेको छ। पशुपति प्रसाद चलचित्रको पात्र भस्मे डनलाई दर्शकले अत्यन्त मन पराए पछि यहि चरित्रलाई आधार बनाएर लेखक खगेन्द्र लामिछानेले कथा तयार परेका हुन् । पशुपति वरपर छायाँकन गरिएको यस फिल्मको शुटिङ्गको दौरान दर्शकहरुको भिडले गर्दा पूर्व निर्धारित समय भन्दा केहि दिन शुटिङ्ग लम्बिएको निर्माण पक्षले जानकारी दिएको थियो । अहिले धमाधम पोस्ट प्रडक्सनको काममा भैरहेको फिल्म “भस्मे डन” यहि आउने दशैँको फूलपातीको दिन रिलिज गरिने बताएको छ। फिल्ममा बिपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रबिन्द्र सिंह बानिया लगायतको अभिनय रहेको छ। नेपाली चलचित्र बजारमा आशा गरिएको फिल्म मध्य एक “भस्मे डन” दिपेन्द्र के खनालको निर्देशमा बनेको चलचित्र हो। यो चलचित्र हलमा हेर्न कत्तिको आतुर हुनहुन्छ कमेन्ट गर्नु होला है त।

Exit mobile version