कोबिड महामारी सँगै सुस्ताएको गुरुङ चलचित्रको बजार पछिल्लो समय बिस्तारै चलायमान हुँदै गएको देख्न सकिन्छ। महामारी पछि बनेका नैना, रिपा, मर्काली जस्ता फिल्महरुले दर्शकको राम्रो साथ पाएको थियो। यी चलचित्रहरुले स्वदेश तथा बिदेशमा रहेका दर्शकको माया पाएर नै होला नयाँ चलचित्र घोषणा अनि छायाँकनमा जाने चलचित्रहरुको संख्या पनि तिब्र रुपमा बढिरहेको छ। सिमित लगानी, श्रोत साधनको प्रयोग गरि निर्माण भएका यस्ता सामुदायिक चलचित्रहरुको पनि स्वदेश तथा विदेशमा यसरी माग बढ्नु, गुरुङ चलचित्र क्षेत्रकै लागि उज्यालो भविस्यको संकेत हो।

यहि सन्दर्भमा, जल कन्या फिल्मसको पहिलो प्रस्तुति गुरुङ संस्कार संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र जिउनी को शुभमुर्त सँगै छायाँकन सुरु गरिएको छ। टेक गुरुङको कथा अनि जनक गुरुङको पट-कथा/संवाद र निर्देशनमा बन्ने यस फिल्ममा शम्भु चालिसेको छायाँकन र दिप गुरुङको नृत्य निर्देशन रहनेछ भने मुख्य कलाकारहरुमा टेक गुरुङ, आकृति गुरुङ, आनन्द गुरुङ, अन्जु गुरुङ, सुकमान गुरुङ, लगायतको अभिनय रहने छ। गोठ बहादुर गुरुङ र रस माया गुरुङको संयुक्त लगानी रहने चलचित्र जिउनीको लगभग ३० दिनको शुटिङ्गका दौरान काठमाडौँ लगायत गोर्खा जिल्लाको कौदी गाउँका रमणीय स्थलहरुमा छायाँकन गरिने निर्माण टोलीले बताएको छ। नैन फिल्म बाट दर्शक माझ आफ्नो अभिनय क्षमता प्रमणित गरिसकेका टेक गुरुङको आफ्नै कथामा बन्न लागेको यस फिल्मले दर्शक मार्फत कस्तो प्रतिक्रिया पाउने छन् त्यो त प्रदर्शन भए पछि नै थाहा होला, अहिले लाई सम्पूर्ण “जिउनी” टिमलाई हार्दिक शुभकामना।