Home गीत/संगीत चेपे खोलामा दुवाली थुनेर माछा मार्दै आशिष र लक्ष्मी (भिडियो)

चेपे खोलामा दुवाली थुनेर माछा मार्दै आशिष र लक्ष्मी (भिडियो)

0

गुरुङ्ग समुदायमा प्रचलित रोधि संस्कृतिमा आधारित रहेर तयार भएको नेपाली झ्याउरे गीत “भयो भेट रोधीमा” पृथ्वी गुरुङको (Prithvi Gurung Official) YouTube Channel बाट बजारमा आएको छ। पृथ्वी गुरुङ र रेजिना परियारको सुन्दर आवाज, अनिता गुरुङ्ग र चन्द्र परियारको शब्द, चन्द्र परियारको संगीत अनि डोलराज बाह्रघरेको संगीत संयोजन रहेको उक्त गीतमा करन चैसिरको छायाँकन, मित्र देव गुरुङ्गको सम्पादन अनि राजेन्द्र मोक्तानको रङ्ग संयोजन रहेको छ। गोर्खा जिल्ला सिरानचोक गाउँपालिका वरपरका गाउँहरुमा छायाँकन गरिएको उक्त गीतको भिडियो मार्फत रोधीको परम्परालाई उत्कृष्ट ढङ्गले पर्दामा उतार्न सफल भएका छन् निर्देशक/कोरियोग्राफर मनाङ्ग गुरुङ। गुरुङ्ग भेषभुषा र संस्कृति मात्र नभई भौगालिक सुन्दरता लाई समेत समेटिएको यस भिडियोमा आशिष गुरुङ्ग र लक्ष्मी गुरुङ्गको मुख्य अभिनय रहेको छ। लमजुङ्ग र गोर्खाको सिमानामा रहेको ऐतिहासिक महत्व बोकेको चेपे खोलामा दुवाली थुनेर माछा मार्दै गरेको दुर्लभ दृश्यले भिडियोलाई थप मनोरन्जनात्मक बनाएको छ।

Exit mobile version