Home चलचित्र बिबाहित महिला पोइला जाँदा, लिम्बु समुदायको नियम (जारी फिल्म)

बिबाहित महिला पोइला जाँदा, लिम्बु समुदायको नियम (जारी फिल्म)

0

सुपरहिट नेपाली चलचित्र कबड्डीमा झाँक्रीको भुमिका मार्फत दर्शक स्रोतको मन मुटुमा बस्न सफल लेखक/कलाकार उपेन्द्र सुब्बाको लेखन/निर्देशन रहेको पहिलो चलचित्र जारी को ट्रेलर रिलिज भएको छ। लिम्बु समुदायमा हुने बिहेबारी र पारिबारिक अन्तर बिरोधमा आधारित रहेको यस चलचित्र लाई निर्देशक नबिन सुब्बाको चलचित्र “नुमाफ़ुङ्ग” को दोस्रो संस्करणको रुपमा पनि कतिपय दर्शकहरुले बुझेका छन् । मौलिक कथा बोकेका चलचित्रको निर्माण बिरलै हुने नेपाली चलचित्र बजारमा जारी ले पक्कै पनि दर्शकलाई फरक स्वाद चखाउने छ भन्ने आशा ट्रेलर बाट सजिलै गर्न सकिन्छ। दयहाङ्ग राई, मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपासन्बा नेम्वाङ, सीता कुमारी तुम्बापो, पन्थक ठुले, युमरानी सेनेहाङ, मनिता जयका गवाङ, गणिता तुम्बाहाम्फे, परिक्षा लिम्बु, तिब्बत राई, कविराज राई, अस्मिता राई, तुलशा आङ्देम्बे, आशामती आङ्देम्बे लगायत को अभिनय रहेको यस चलचित्र जारी बैशाख १ गते नयाँ बर्षको अवसर पारेर रिलज हुँदैछ । तपाइलाई ट्रेलर कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला ।

Vloger /Actress : Rekha Limbu
Exit mobile version