Home चलचित्र निश्चल लाई नयाँ फिल्म बनाउन ५ वर्ष लाग्यो, किन ?

निश्चल लाई नयाँ फिल्म बनाउन ५ वर्ष लाग्यो, किन ?

0

हिन्दी सिनेमा बाट प्रभावित बन्दै आएको नेपाली चलचित्रको धारलाई नै बदलिदिएका निर्देशक निश्चल बस्नेत लाई फिल्म बनाउन आखिर किन यति गारो भै रहेको छ ? दर्शक उनको सिनेमा भनेपछि भुतुक्कै हुन्थे, निर्माता आँखा चिम्लेर पैसा हाल्न तयार थिए अनि नाम चलेकै कलाकार पनि उनको फिल्ममा कास्ट हुन पाए आफैलाई भाग्यमानी ठान्थे । यस्तो अवसरका बीच पनि उनलाई लगातार फिल्म बनाई राख्न के ले छेक्यो त ? सामाजिक संजालमा विभिन्न सामाजिक मुद्दामा आवाज उठाउन पछि नपर्ने, खुलेर बोल्ने प्रतिभाशाली निर्देशक निश्चलले आखिर आफ्नो मुख्य पेशा मै चाहिँ किन ध्यान नदिएको होला? आम दर्शकको जिज्ञासा यहि छ यति खेर। राम्रो फिल्मको अभाव भइरहेको नेपाली चलचित्र उधोगमा आफ्नो नाम मात्रैले पनि हल सम्म दर्शक तान्न सक्ने खुबी भएका निर्देशक यसरी अल्छि गरेर बस्दा, Irresponsible भइ दिएको हो की जस्तो पनि लाग्न सक्ला तर कुरा अर्कै छ।

Photo Source : https://www.facebook.com/nischalbasnet/

निश्चल जस्तो माहिर निर्देशकलाई पक्कै थाहा छ, कलाकारले आफ्नो व्यक्तिगत विचार र भावना कलाकै माध्यमबाट ब्यक्त गर्दा त्यो अझै सशक्त हुन जान्छ। तर पनि पहिलेको जस्तै उत्कृस्ट सिर्जना गर्नु पर्ने दबाबले हो या राम्रो बिषयबस्तुको अभाबले हो, उनले सिनेमा बनाउन आलटाल गर्दै आएको कुरा चाहिँ केहि हद सम्म साँचो हो। तर अब फेरी निश्चलको निर्देशनमा नयाँ चलचित्र बन्ने खबरले चलचित्र प्रेमीहरुका बीच नयाँ हलचल पैदा गरेको छ। खबर अनुसार निर्देशक निश्चल बस्नेत,अभिनेता खगेन्द्र लामिछाने र लेखक यज्ञश छिट्टै एउटा नयाँ चलचित्रमा सहकार्य गर्दै छन र हाल उक्त चलचित्रको स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगेको छ। सायद चलचित्र “लुट २” पछि आफुले सोचे जस्तो कथा भेट्नै निश्चल लाई ५ बर्ष लाग्यो, अब बन्न कति समय लाग्ने हो त्यो भने समयले नै बताउला । आशा गरौँ निश्चलले यो चलचित्रबाट हलमा फेरी युवा दर्शकको भिड फर्काइ दिनेछन् र आफ्नो निर्देशकीय ब्रान्डको सुरक्षा गर्ने छन्।

Exit mobile version