Home बिबिध दुर्गा गुरुङ्ग (तमुस्यो) र नरेश गुरुङ्गको कौडा गीत छायाँकन सम्पन्न

दुर्गा गुरुङ्ग (तमुस्यो) र नरेश गुरुङ्गको कौडा गीत छायाँकन सम्पन्न

0

ब्यक्तिगत तथा सामाजिक पहलमा निर्माण हुने अधिकांश मौलिक गीतहरु जस्तै कौडा, चुड्का, सालैजो आदिको पछिल्लो समय सुन्ने र हेर्ने दर्शकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । गायिका दुर्गा गुरुङ (तमुस्यो) र नव गायक नरेश गुरुङ्गको कौडा गीत देखे झुल्लुक को सिरानचोक गाउँपालिका थालाजुंग स्थित सिउरेनि गाउँमा छायाँकन गरिएको हो। कौडा चुड्का सर्जक रेशम गुरुङ्ग लय/शब्दमा निर्माण भएको यस गीतमा लोक गायिका शर्मिला गुरुङ्ग, कौडा किङ्ग दुर्गा गुरुङ्गको पनि आवाज रहेको छ। राजेश घिमिरे/पिटर गुरुङ्ग को छायाँकन गरिएको यस गीतलाई मनाङ्ग गुरुङ्गले निर्देशन गर्नु भएको हो ।

सुटिंग समुहलाई स्वागत गर्न फुलमाला, खादा, अबिर सहित तयार बसेका आमा समूह

लोक गायिका द्वय शर्मिला गुरुङ्ग र दुर्गा गुरुङ्ग (तमुस्यो)

नव गायक नरेश गुरुङ्ग मोडल बिन्दु गुरुङ्ग

Exit mobile version