सामाजिक कथामा निर्माण भएको नेपाली कथानक चलचित्र “कप्टी” को तमु समाज भिक्टोरियाको आयोजनामा अस्ट्रेलियाको मेलबोर्नममा स्पेशल शो हुने भएको छ। चलचित्रका निर्देशक भुपेन्द्र गुरुङ र कलाकार शेर बहादुर गुरुङ फिल्म प्रदर्शनकै शिल्शिलमा अस्ट्रेलिया पुगेका छन्। २२ सेप्टेम्बर शुक्रबार बेलुकी ५ बजे काठमाडौँ व्यंकवोइट प्रदर्शन हुने फिल्म कप्टिको टिकेटको लागि तेज गुरुङ (०४५२२२९३११), मिलन गुरुङ (०४३०८८१३५६) र राम गुरुङ (०४२३६८५९३८) मा सम्पर्क गर्न सक्नु हुनेछ।
काठमाडौँको चलचित्र बिकाश बोर्डको हलमा प्रदर्शन गरिएको फिल्म कप्टी हेर्न धेरैको संख्यामा दर्शकको उपस्थिति रहेको थियो र फिल्म हेरिसके पछि राम्रो प्रतिक्रिया पनि दिएका थिए। चलचित्रमा उर्मिला गुरुङ, उमेश गुरुङ, शेर बहादुर गुरुङ, स्मृति बलामी, गिरि प्रसाद पुन, सोनी गुरुङ आदि कलाकारको अभिनय रहेको छ। फिल्ममा भुपेन्द्र गुरुङको लेखन/ निर्देशन, मदन कस्यप घिमिरेको छायाँकन र सहनिर्मताको रुपमा नातिकाजी गुरुङ रहेका छन्। युकेमा पनि प्रदर्शन गरि सकेको फिल्म कप्टी लाई अब अस्ट्रेलिया पछि यूरोपका विभिन्न ठाउँहरुमा पनि प्रदर्शन गर्ने योजना रहको निर्माण पक्षको बताएका छन्। फिल्मको अमेरिका राइट्स ग्लोबल नेपाल इन्टरटेन्ट का संचालक प्रेम गुरुङले लिएका छन्।
