प्रितम गुरुङ निर्देशित फिल्म नमस्ते छ्याजलो बेलायतमा च्यारिटी शो गरि संकलित रु ५५,५५५/- पोखरा स्थित कुडहर आधारभूत विधालयलाई सहयोग गरेको छ। बरिष्ठ समाजसेवी टक माया गुरुङको बिशेष आर्थिक सयोग र पहलमा संकलित रकम, पोखरा स्थित बिधालयको आफ्नै प्रांगणमा सम्पूर्ण विधार्थीहरुको उपस्थितिमा हस्तान्तरण गरिएको हो। उक्त कार्यक्रममा दाता टक माया गुरुङ संगै चलचित्रका निर्देशक प्रितम गुरुङ र कलाकार डी बि गुरुङको पनि उपस्थिति रहेको थियो।

गोर्खा समाज यु के का उपाध्यक्ष र तमु प्ये ल्हु संघ युकेका सल्लाहकार पनि रहनु भएकी समाजसेवी टक माया गुरुङको नेतृत्वमा कुडहर आधारभूत बिधालयमा अध्ययनरत दृष्टिविहिन छात्र-छात्राहरुको सहयोगार्थ वेलायतमा चलचित्र नमस्ते छ्याजलो प्रदर्शन गरिएको थियो। बेलायतमा चलचित्र प्रदर्शन गर्न हितकाजी गुरुङ, कृष्ण गुरुङ, भेग गुरुङ लगायतले पनि सहयोग गरेका थिए। रोधी डिजिटल को ब्यानरमा निर्मित चलचित्र नमस्ते छ्याजलोमा कलाकारहरु गणेश गुरुङ, मरिना गुरुङ, आइतराम गुरुङ, सन्तोषी गुरुङ लगायतको अभिनय रहेको छ।