विगत लामो समय देखि चलचित्र निर्माणमा सक्रिय कृषा चौलागाईको निर्देशकिय डेब्यु फिल्म ऐंचो पैँचो को ट्रेलर रिलिज गरिएको छ। राजनीतिक मुद्दालाई केन्द्रमा राखेर निर्माण भएको यस फिल्मको कथा अभिमन्यू निरबले लेखेका हुन्। कलाकारले बोल्ने संबादहरु ट्रेलरमा सशक्त देखिएको छ । जस्तै “राजनीति एउटा यस्तो पेशा होनी जो गरिब दुखीको लागि लड्दा लड्दै धनि भएको थाहै हुँदैन” भन्ने संवादमा अहिलेको नेपाली राजनीतिक परिवेशको यथार्थ झल्किएको छ। “हेर्दै मरौँ लाग्ने यो घाट छ, यस्तो घाटको उद्घाटन गर्नु पाउँदा म एकदमै खुसी छु” यो डाइलगमा हाँस्य र व्यंग्य दुवै मिश्रीत छ। यसले राजनीतिकर्मीको समाजप्रतिको गैर जिम्मेवारी र आफ्नो पदले दिएको बिशेषाधिकार लाई कुन हदसम्म दुरुपयोग गर्न सक्छन भन्ने प्रस्ट गराउछ।
स्वस्तिमा खड्का, मुकुन भुसाल, सुशील सिटौला, वर्षा राउत, कोशिस छेत्री लगायतको मुख्य भूमिका रहेको यस फिल्ममा राम्रै पैसा लगानी भएको ट्रेलरमा देख्न सकिन्छ। प्रितम लामिछाने र आध्या लामिछानेको मुख्य लगानी रहेको यस फिल्ममा सह निर्माताको रुपमा बिशाल चौलागाईं हुनुहुन्छ। ऐंचो पैँचो को भिज्युअल स्तरिय बनाउन पुर्शोतम प्रधानको छायाँकन, बिपिन मल्लको सम्पादन र रेनिश फागोको रङ्ग संयोजन प्रभाकारी देखिन्छ। काले केटाले बोलको गीतले दर्शकहरु माझ उत्सुकता जगाएको फिल्मले भने दर्शक लाई कतिको मनोरंजन प्रदान गर्न सक्छ त्यो भने भाद्र १४ पछि नै थाहा होला। ट्रेलर हेरिसके पछि फिल्म हेरौं हेरौँ बनाएको छ कि छैन कमेन्ट गर्नु होला है त।
