Home चलचित्र छड्के २ मा भिटेनको र्याप

छड्के २ मा भिटेनको र्याप

0

फाल्गुण १९ मा दिपकराज गीरीको चलचित्र छक्का पन्जा ४ सँग भिड्न लागेको छड्के २ ले यति बेला युवा दर्शकहरुको ध्यान आफूतिर आकर्षित गरेको छ। यहि चलचित्रको गीत मार्फत विवादास्पद छबि भएका र्याप गायक भीटेन केहि समयको अन्तराल पछी फेरी पार्श्व गायनमा फर्किए संगै युवाहरु उत्साहित भएका हुन्। केहि वर्ष अघि सरौतो चलचित्रको लागि गीत गाएका भीटेनले यस पटक भने छड्के २ को लागि आफ्नो स्वर र संगीत दिएका दिएका छन् । चलचित्र निर्माताले  रेकर्डिङ स्टुडियोमा भीटेनसँग  खिचिएको एक तस्बिर सार्बजनिक गर्दै यो कुराको पुष्टी गरेका हुन्।

ग्याङस्टर जनरामा निर्माण भएको यस चलचित्रको अर्को गीत भने र्यापर युनिक पोइटले गाउने भएका छन्। निर्माता प्रशान्त गिरिका अनुसार दुइ  र्यापरसँग आकर्षक परिश्रमिक सहित यी गीतमा सहकार्य गरिएको हो। अनमोल केसी, रविन तामाङ, कमलमणि नेपाल र रेशा आले मगरको मुख्य भूमिका रहेको छड्के २ काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको हो । यस चलचित्रको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् भने कार्यकारी निर्मातामा निर्वाणा फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

Exit mobile version