Home चलचित्र “बोका काटेको दृश्य हेर्न सक्नु हुन्न भने DASARA नहेरको राम्रो”

“बोका काटेको दृश्य हेर्न सक्नु हुन्न भने DASARA नहेरको राम्रो”

0

South Indian Film हरुले अहिले नेपालमा मात्रै हैन बिस्व बजारमा पनि आफ्नो दबदबा बढाएको छ । RRR को नाटु नाटु गीत बाट ओस्कार अवार्ड जिते पछि, यस क्षेत्रको गीत संगीत, भाषा, संस्कृति सबै बिस्वब्यपी बनिदिएको हो । यसै माहोलमा Natural Star NAANI को पछिल्लो फिल्म दसरा नेपालका हलहरुमा चलिरहेको छ। यो भन्दा अगाडिको फिल्म श्याम सिङ्ग रोय मा पनि उनको अभिनयको तारिफ गरिएको थियो। ACTION DRAMA दसरा कस्तो लाग्यो तपाईहरुलाई, हामीलाई लागेको कुरा POINT BY POINT राखिदिएका छौँ है त।

१. Graphic Voilence

सामान्यतय पर्दामा देखाईएनी हिंसाले त्यति सजिलै हामीलाई मानसिक रुपमा असर गर्न सकिरहेको हुँदैन। तर कुनै कुनै दृश्यहरु सम्पादक र sound desgining ले गर्दा हाम्रो सातो उडाई दिन्छ। यस्तै किसिमको दृश्य तपाइले दसेरामा देख्न सक्नु हुनेछ। मान्छेहरु लाई सजिलै मुला/बोका काटे झैँ च्वॉट च्वॉट काटेको दृश्य हेर्दा पनि केहि फरक्क पर्दैन भने फिल्म को टिकट काटे हुन्छ, हैन भने पर्दामा दृश्य चलिरहन्छ तपाइले आँखा थुनेर बस्ने सिबाए अरु उपाए केहि हुन्न।

२. परिवार अथवा बालबालिका संग फिल्म हेर्न मुस्किल

फिल्म भरि, बालबालिकाले मनोरंजन गर्ने किसिमको केहि त्यस्तो दृश्य, sequence भेट्नु हुन्न र महिला दिदि बहिनीहरुको लागि पनि भेनेला को पत्रले केहि मनोरंजन दिन सक्ला, बाँकी भनेको मार काट र रक्तपात ले भरिएको छ।

३. कथामा नयाँ कुरा केहि भेट्नु हुन्न

South Indian Film हरुमा कथा पुरानै भए पनि तेस्को प्रस्तुति निर्देशक अनुसार फरक फरक हुन्छन। कोइला खानीमा काम गर्ने, बिपन्न दलित समुदायमा ठुलो वर्गका ब्यतिहरु लाई कसरी आफ्नो मतलबको लागि प्रयोग गर्छन र आवाश्यक नभएको खण्डमा सजिलै पछाईदिन्छन। यहि कुरालाई थोरै सामाजिक संदेशका साथ निर्माण गरिएको छ दसरा जुन त्यति नयाँ नलाग्न सक्छ।

४. चलचित्रको लम्बाई

फिल्मको मध्यान्तर पछि स्पिड लिनु पर्ने झन् slow भैदिन्छ। घटनाको दोसी पत्त लगाउने, साथीको हत्याको बदला लिने भन्ने कुरा भन्दा भेनेला (साथीको बुढी) को बिधुवा पक्षमा बढी समय खर्चिन्छ जुन कुराले तपाई हामी दर्शक लाई अलि अल्छि बनाउछ।

५. सजिलै अनुमान लगाउन सकिने Plot Point

फिल्म हेर्नुको अब के हुन्छ भन्ने उत्सुकता (Suspense) ले नै मनोरंजन दिने हो। तर यस फिल्ममा एउटा घटना पक्षि अर्को हुनेवाला घटनाको सजिलै अनुमान लगाउन सकिन्छ। त्यसो हुँदो तपाई हामी दर्शक लाई कति रिस उठ्छ हैन त ? हामीले सोचेको भन्दा फरक हुँदा हामी बढी मनोरंजित हुन्छौ, हामी दर्शकहरुको मनोविज्ञान त्यस्तो हुन्छ।

यी सबै कुराहरु गर्दै गर्दा, हामीलाई फिल्म हेरिरहँदा मनोरंजन चै पकै गरौँछ। नानीको अभिनय ले तपाइलाई माथि भनिएका सबै कुराहरु बिर्साई दिन्छ। त्यो संगै अर्को दरो पक्ष यसको संगीत हो। चम्किले बुसर्ट मे भन्ने गीतमा त उठेर नाचौं नाचौं बनाउछ। अन्त्यमा, यदि तपाईलाई हिंस्रक फिल्म हेर्न मन पर्छ, नानीको अभिनय राम्रो लाग्छ भने, यो फिल्म छुटाउनै हुन्न र Voilence मन नपर्ने मान्छे लाई यो फिल्म हेर्न जानु भयो भने बिचमै उठेर निस्किनु हुन्छ। GURRANTEE !

Exit mobile version