धार्चे गाउँपालिका वडा न. ३ मा पर्ने उहिया गाउँ प्राकृतिक सुन्दरता संगै संस्कृतिमा पनि उत्तिकै धनी छ। सदियौं देखि घाँस दाउरा, मेला पात गर्दा गुन गुनाउने सुमुधुर लोक भाकाहरु यस ठाउँमा प्रसस्तै भेटिन्छ। यसै शिलशिलामा, लोक भाका संकलक/गायक धन बहादुर गुरुङ्गले यस उहिया गाउँमा गाइने लोक भाका घाँसको भारी बोलको गीत रेकर्ड गरेको छ। गणेश गुरुङको शब्द, डोलराज बारघरेको संगीत संयोजन रहेको यस गीतमा, शितल गुरुङ्ग र यसै उहिया गाउँको गायिका रेजिना गुरुङ्गले आवाज भर्नु भएको छ। Gorkhali Lok Bhaka Official YouTube Channel बाट रिलिज भएको यस गीतको छायाँकन उहिया गाउँमै गरिएको हो । धन बहादुर गुरुङ्ग, डोलराज बारघरे, राज गुरुङ्ग, बुद्ध गुरुङ्ग, सुस्मिता गुरुङ्ग, रेजिना गुरुङ्ग लगायत उहिया गाउँका बुबा, आमा, दाजुभाई, दिदीबहिनीहरुको अभिनय भिडियोमा देख्न हुनेछ। पिटर गुरुङ्गको छायाँकन, विष्णुहरि तिमल्सिनाको सम्पादन रहेको यस गीत लाई मनंग गुरुङ्गले निर्देशन गर्नु भएको हो।
