रोधी डिजिटल को प्रस्तुति गुरुङ संस्कार र संस्कृतिमा आधारित नेपाली चलचित्र नमस्ते छ्याजलो निर्माण कार्य धमाधम भैरहेको छ। काठमाडौँमा सबै छायाँकन कार्य सम्पन्न गरि बाँकि अंश मुग्लिन नजिकै रहेको गाउँ वरपर गरिने भएको छ। यसै सन्दर्भ मा निर्माण टोलीबाट चलचित्र को First Look पनि सार्बजनिक गरेको छ। महामारीका कारण थालिएको सिने बजार बिस्तारै अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तर को चलचित्र हरुको प्रदर्शन अनि उनीहरुले गरेको ब्यापारले नयाँ लगानी कर्ताहरु उत्साहित बनेका छन्। यहि संदर्बमा बिगत लामो समय देखि गुरुङ चलचित्र क्षेत्रमा आफ्नो अलगै पहिचान बनाउन सफल निर्देशक प्रितम गुरुङ पुन नयाँ प्रोजेक्ट नमस्ते छ्याजलो लिएर दर्शक माझ आउने तरखरमा छन्।
प्रितम गुरुङ को लेखन अनि निर्देशन रहेको यस चलचित्रमा दर्शकहरुले मुख्य भूमिकामा गायक/संगीतकार गणेश गुरुङ, कलाकार आईतराम गुरुङ, मारिना गुरुङ, सन्तोषी गुरुङ, गडुल धोज गुरुङ लगायत अन्य कलाकारहरुको अभिनय देख्न पाउनु हुने छ । चलचित्र को प्राबिधिक तर्फ छायांकनमा पिटर गुरुङ, सम्पादन मेख बहादुर गुरुङ र रंग संयोजन विष्णुहरि तिमल्सिना ले गर्ने भएका छन् । असर ४ गतेको दिन शुभमुर्त गरि भाद्र ४ गते बिशेष प्रदर्शन गर्ने उदेश्य का साथ् रोधी टिम फ्लोरमा उत्रिसकेको छ ।
