लामो समय देखि नेपाली चलचित्र जगतमा बिबादस्पत “महानायक” को उपाधी कसलाई भन्ने बिषयको चर्चा चलिरहंदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिनेता राजेश हमाललाई महानायकको उपाधि ले सम्मान गरेका छन् । शनिबार भक्तपुरमा आयोजित चौंथो एपिक म्युजिक अवार्ड कार्यक्रममा ओलीले उक्त सम्मान प्रदान गरेका हुन् ।
पत्नी राधिका शाक्य संगै आएका अध्यक्ष ओलीले अभिनेता हमालको प्रशंसा समेत गरेका थिए । सोहि कार्यक्रममा हमाल संगै गायिका तीर्थकुमारी थापा र गायक रत्न बेहोसी लगायत अन्य कलाकारहरुलाई अधक्ष्य ओलीको हात बाट सम्मान पत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेत्रीहरु बसुन्धरा भुषाल र गौरी मल्ल, हमाल पत्नी मधु भट्टराई लगायत सहभागि थिए ।
