तारा बहादुर गुरुङ्ग को शब्द संगीत, पृथ्वी गुरुङ्ग, नरजंग गुरुङ र तारा बहादुर गुरुङ्ग को सयुंक्त आवाज रहेको तिन ताले भाकामा बनेको हेरन कनछी बोल को कौडा गीतको भिडियो छायाँकन सम्पन्न भएको छ। कौडा गीत बिशेष गरि तनहु गोर्खा लगायत पश्चिम नेपालका मगर समुदायमा प्रचलित लोक संगीत मध्ये एक हो। सुर साधना यच डी सामाखुसीमा रेकोर्डिङ्ग भएको यस गीतमा अनु गुरुङ र तारा श्रीष मगर को पनि आवाज रहेको छ। पश्चिमअञ्चल संस्कृतिक केन्द्रका बैनीहरुको मौलिक कौडा नृत्य रहेको यस भिडियो लाई दिप गुरुङ्ग ले कोरियोग्राफी गर्नु भएको हो भने पिटर गुरुङ ले छायाँकन गरेका हुन्। ज्योति प्रडक्सन्समा भिडियो सम्पादन कार्य भैरहेको हुनाले केहि दिनमा नै Anu Gurung (Juna) YouTube Channel मार्फत सार्बजनिक हुने हुँदा प्रतिक्षा गर्नु होला।
भिडियो छायांकन भईरहंदा कैद भएको पर्दा पछाडीका दृश्यहरु;
फोटो : Kabita Gurung (Drisya Studio)
